पोर्नस्टार सन्नीद्धारा पछारिए कैटरिना, दीपिका र प्रियंकाहरु

काठमाडौं । पोर्न स्टारका रुपमा परिचित हुँदै बलिउडस्टार बन्न पुगेकी सन्नी लियोनले भारतीय स्टारहरुलाई पछार्न सफल भएकी छिन् ।

कुनै बेला पोर्न स्टारका रूपमा विश्वभरी नै सनसनी मच्चाउन सफल भएकी सन्नीले यो पटक भने बलिउडमा धुम मच्चाउन सफल भएकी हुन् । बलिउडमा सेक्सी नायिकाका रुपमा उनले नाम र दाम भएका हिरोइरनहरुलाई पछि पार्न सफल भएकी हुन् । कैटरिना कैफ, दीपिका पादुकोण जस्ता हिरोइनहरुलाई पछि पार्दै सन्नी सबैभन्दा सेक्सी अभिनेत्री बन्न पुगेकी छन् ।

भारतीय सञ्चारमाध्यमहरुले सन्नी पहिलो नम्बरकी सेक्सी अभिनेत्री भएको खबर प्रकाशन गरेका छन् ।  दोस्रो नम्बरमा कैटरिना कैफ र तेस्रो नम्बरमा दीपिका पादुकोण छन्। प्रियंका चोपडा चौथो र सोनाक्षी सिन्हा पाँचौं नम्बरमा छन्। करिना कपुर छैटौं स्थानमा छिन्।

सनी लियोनले रियालिटी शो 'बिग बोस ५' बाट मनोरञ्जनको मुख्यधारमा कदम राखेकी थिइन्। उनले दुई वर्षअघि निर्माता महेश भट्टको चलचित्र 'जिस्म- २' बाट बलिउडमा इन्ट्री गरेकी हुन्। आफ्नो पहिलो आइटम नम्बरमा नै उनले सबैलाई पछाडि पारेकी छिन्।

,

0 comments

Write Down Your Responses