रेखाले किस गरेपछि राउटे रिसाए

आइमाईले  किस गरेको भन्दै राउटेहरु रेखा थापा सँग  रिसाएका छन् । रेखा थापा फाउन्डेसन मार्फत राउटे समुदायका बालबच्चाबच्चालाई शिक्षा र  खाद्यान्न बाड्न  सुर्खेत पुगेकी  रेखा थापाले राउटेहरूलाई चुमेपछि राउटेहरू रेखा सँग रिसाएका छन्।

राउटेहरु रिसाएर पछि  केही बेर तनाब  सृजना भएको थियो ।  उनीहरुले रेखाले दिएको चामल समेत लिन लिनै मानेनन् ।
चामल फिर्ता  लिएर जान आग्रह गरेका थिए । रेखा साग गएका अन्य र राउटे समुदायको लागी काम गरिरेका व्यक्तिहरुले  सम्झाय पछि बल्लबल्ल  राउटेको झुपडीसम्म चामल लगिएको छ ।

 राउटे  नेपालको  लोपोन्मुख आदिवासीहरू हुन्।  उनीहरु मध्य–पश्चिमको सल्यान तथा आसपासका  जंगलमा फ़िरन्ते रुपमा हिड्ने गर्दछन् ।

राउटे हरु जंगलमा पाइने जनवारको  सिकार गर्ने र कन्दमुल, फ़लफ़ूल र अन्य वनस्पति खाएर  जिवन चलाइरेका हुन्छन् ।



,

0 comments

Write Down Your Responses