नेपाली मजदुरको अवस्था बुझ्न कतार जादै सेप ब्लाटर
असोज १९ ।सन् २०२२ को विश्वकप आयोजक कतारमा नेपाली मजदुरको अवस्था बुझ्न विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटरले कतारको भ्रमण गर्ने भएका छन्।कतारमा विश्वकप फुटबलका भौतिक पूर्वाधार निर्माणमा कार्यरत नेपाली कामदारलाई दास बनाइएको र नेपाली मजदुरहरुको मृत्यु भएको खबर बेलायती पत्रिका गार्जियनले छापे पछि उनी तुरुन्तै कतार भम्रणमा जाने तयारी गरेका हुन् ।
कतारमा ब्लाटरले कतारको सरकार र उच्चस्तरिय व्यक्ति
संग पूर्वाधार निर्माण मजदुरहरुलाई दिएको सुविधा र अधिकारको बारेमा निरिक्षण गर्ने बताइएको छ ।
उनले फुटबल संरचना बनाउन जुटेका कतारका आप्रवासी कामदारहरुको अवस्थाबारे अध्ययन गर्ने बताएका छन ।


0 comments
Write Down Your Responses