सुनको भाउ तोलामा ५ सय बढ्यो

मंसिर ३० । साताको पहिलो दिन आज सुनको भाउ ५ सय बढेको छ । आइतबार छापावाल सुनको भाउ तोलाको ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेर कारोबार भएकोमा आज पाँच सय बढेर कारोबार भईरहेको हो ।

आइतबार तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँ घटेर ५३ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । आइतबार चाँदी तोलाका ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

0 comments

Write Down Your Responses