लिङ्ग परिर्वतन गरी जर्मनीमा पुरुषले बच्चा जन्माए
![]() |
| लिङग परिवर्तन गरी गर्भवती भएका थोमस विटाय |
उनले शुक्राणु दाताको सहयोगको मद्दतले गर्भवती भएका थिए । समाचार अनुसार जर्मनीको बर्लिलमा आफ्नो घरमा बच्चा जन्मिएको हो ।
ती पुरुषले महिलाबाट लिङ्ग परिर्वतनका लागी केही वर्ष सम्म लगातार हर्मोन रिप्लेसमेन्ट थेरेपी गराएका थिए । जसले गर्दा उनी पुर्ण रुपमा गर्भवती हुनका लागी मद्दत मिलोस् ।
पुरुषले अहिले शुक्राणु दाता कुन हुन भनेर सर्वाजनीक गर्न चाहिरहेका छैनन् । तर उनले गएको मार्च १८ मा बच्चा जन्माएका हुन । अहिले उनको बच्चा छ महिनाको भइसकेको जनाइएको छ ।
बच्चा पुर्ण स्वस्थ्य रहको अधिकारीहरुले जनाएका छन। यसैगरी जर्मनको आन्तरिक सिनेट प्रसासनका प्रवक्त्ता अनुसार जन्म भएको बच्चाको जन्म दर्तामा आमाको नाम राखिएको छैन बाबुको नाम मात्र लेखिएको छ ।
अहिले सम्म बच्चाका बाबुले आफुले जन्म दिएको बच्चाको लिङगको बारेमा केही नबताए पनि उनले छोरा नै जन्म दिएको अधिकारीहरुले जनाएका छन ।अहिले सम्म यी नै युरापको पहिलो लिङग परिवर्तनबाट बच्चा जन्माउने पुरुष रहेका छन् ।
यस भन्दा अघि अमेरीकामा लिङग परिवर्तन गरेर थोमस विटायले बच्चा जन्माएका थिए । उनको अहिले ३ वटा बच्चा साथमा रहेका छन् ।
1 comments
Write Down Your Responses




September 25, 2013 at 12:29 AM
हौ, अनि महीलाको के काम अब. महीलाको काम अब पुरुषले नै गर्न थाले पछी?