आमा बनेपछि बाहिर निस्कन अड
पहिलो पटक आमा बनेपछि रियालिटी स्टार किम कार्दसिनलाई घरबाट बाहिर निस्कन समस्या परेको छ। केही महिनाअघि एउटी छोरीकी आमा बनेकी किम सुत्केरी भएदेखि अहिलेसम्म घरबाहिर निस्किएकी छैनन्।
समाचारमा जनाइएअनुसार उनलाई अहिले बाहिर निस्कन लाज लाग्छ। सुत्केरी भएपछि अनावश्यक रूपमा मोटाएकाले उनलाई बाहिर निस्कन गाह्रो परेको हो। हालै एउटा अमेरिकी पत्रिकासँग कुराकानी गर्दै किमले आफ्नो तौल तथा फिगर पहिलेको जस्तो भएपछि मात्र घरबाहिर निस्कने बताएकी छिन्।
३२ वर्षीया किमले गत १५ जुलाई -असार ३१) का दिन आफ्ना प्रेमी कान्ये वेस्टकी छोरीलाई जन्म दिएकी थिइन् ।- साप्ताहिकबाट

0 comments
Write Down Your Responses