पप स्टार जस्टिन बाइबरद्धारा प्रहरी समक्ष आत्मसमर्पण
क्यानडाका पप स्टार जस्टिन बाइबरले प्रहरी समक्ष आत्मसर्पण गरेका छन् ।गत महिना क्यानडाको टोरन्टो सहरमा एउटा लिमोजिन कारका चालकलाई दुव्र्यवहार गरेको अभियोग लागेका बाइबर आफैं टोरन्टोस्थित प्रहरीमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
गत डिसेम्बर २९ तारिखको राति बाइबरसहितका ६ जना कारमा चढेको र ती मध्ये एक जनाले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पपस्टार बाइबर पनि अनुसन्धानमा तानिएका हुन् ।पछिल्लो दुई हप्ताभित्र बाइबर प्रहरीको फन्दामा परेको यो दोस्रो घटना हो ।
अघिल्लो हप्ता मात्रै अमेरीकाको फ्लोलिडामा मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई अमेरीकी प्रहरीले पक्राउ गरेको थियो ।


0 comments
Write Down Your Responses