अमेरिकी सुचना चुहाउने स्नोडेन नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा

माघ १६ ।  अमेरिकाका गोप्य सूचनाहरु लिक गरेर चर्चामा आएका 'एडवार्ड स्नोडेन' नोवेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् । उनी नेसनल सेक्युरिटी एजेन्सीका पूर्व कर्मचारी हुन् ।

स्नोडेनले अमेरिकी गोप्य अपरेशनका जानकारी सार्वजनिक गरिदिएपश्चात उत्पन्न बहस र त्यसले ल्याएको नीतिगत परिवर्तनले शान्त र स्थिर बिश्वका लागि सहयोग पुर्याएको ठहरसहित उनलाई नर्वेको समाजवादी पार्टीका नेता ब्राढ भेगर र स्नोरी भेलेनले स्नोडेनलाई शान्ति पुरस्कारका लागि सिफारिस गरेका छन् ।

नर्वेका यी दुई अभियन्ताले स्नोडेनले संसारलाई सूचित गर्न योगदान गरेको भन्दै  नावेल शान्ति पुरस्कारको लागि मनोनयन गरेका हुन् ।

अमेरिकाका जासुसी क्रियाकलापहरु सार्वजनिक गराएका देशै छाडेर बाहिरिएका स्नोडेन हाल रुसमा शरण लिइरहेका छन् ।

, ,

0 comments

Write Down Your Responses