सलमानले स्टेजमै सन्नी लियोनलाई लगाए साडी
माघ । पूर्वपोर्नस्टार समेत रहेकी बलिउड अभिनेत्री सन्नी लियोनले नायक सलमान खानबाट साडी लगाउने अवसर पाएकी छिन् ।रिल लाइभमा अन्य नायिकाहरुले पनि सलमानबाट साडी लगाउने अवसर पाएपनि रियल लाइफमै सन्नीले भने यस्तो अवसर पाएकी हुन् । स्टार गिल्ड अवार्ड २०१४ को कार्यक्रममा सलमानले सन्नीलाई साडी लगाइदिएका हुन् । सलमानले साडी लगाईदिँदा दर्शकहरुले भने हुटिङ गरेका थिए ।
कार्यक्रम सम्पन्न भएपनि सञ्चारकर्मीहरुसँग सन्नीले सलमानले साडी लगाइदिंदा निकै खुसी लागेको बताएकी थिइन् ।
अझ, रमाईलो कुरा त के छ भने, साडी लगाउन सिकाउँदै स्टेचमै सलमानले सन्नीलाई ‘मैले यो काम अल्ली बेग्लै तरिकाले गर्नुपर्थो भनेर व्यंग्य गरेका थिए । जतिबेला सन्नीले भने आफूलाई सपना जस्तो लागेको प्रतिक्रिया दिएकी थिइन् ।


0 comments
Write Down Your Responses