कांग्रेसमा फेरि देउवा एक्लिए, कोइरालालाई पौडेलको साथ
माघ ११ । नेपाली कांग्रेस संसदीय दलको नेता छान्ने विषयमा पार्टी उपसभापति रामचन्द्र पौडेलले पार्टी सभापति सुशिल कोइरालालाई समर्थन जनाएपनि बरिष्ठ नेता शेर बहादुर देउवा भने एक्लिएका छन् ।कांग्रेस संसदीय दलको नेता चयन गर्न आइतबार हुने निर्वाचनका लागि सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार दुवैले शनिबार उम्मेदवारी दर्ता गराएपनि उपसभापति पौडेलले भने कोइरालालाई साथ दिने संकेत दिँदै उम्मेदवारी दताए गरेनन् ।
पौडेल यसअघिको संसदमा कांग्रेसका संसदीय दलका नेता थिए । स्रोतका अनुसार पार्टी सञ्चालनको जिम्मा दिने सर्तमा पौडेलले सभापतिलाई समर्थन गरेका हुन् ।
कुनै समय एक्लिदाँ देउवाले पार्टी नै फुटाएका थिए । पुनः देउवा पार्टीमा एक्लिन पुगेका छन् ।


0 comments
Write Down Your Responses