मुम्बईबाट देहरादुन गइरहेको रेलमा आगलागी ,नौ जनाको जलेर मृत्यु

पुस २४ ।  मुम्बईबाट  देहरादुन गइरहेको  देहरादुन एक्सप्रेस (19019) रेल महाराष्ट्रको घोलवाड स्टेशन नजिकै आगलागी भएको छ । रेलको  तिनवटा डिव्बामा आगलागी  भएर नै जना यात्रुको ज्यान गएको छ ।

 रेल राती १२:५ मा  मुम्बईको  बान्द्राबाट छुटेको
थियो । आगलागीको कारणले अहिले सम्म पत्ता लागेको छैन। घटनास्थलमा प्रहरी पुगेर अन्य यात्रुलाई  सुरक्षित स्थानमा लागिसकेको छ ।

भारत  सरकारले दुर्घटनामा मुत्यु हुनेलाई ६ लाखको क्षतिपुर्ति दिने निर्णय गरेको छ। के कारणले आगलागी भएको भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses