फेसबुकमा स्टाटस लेखेर जापानमा नेपाली विद्यार्थीद्धारा आत्महत्या
मंसिर । सामाजिक सञ्जाल फेसबुकमा जाँदैछु धेरै टाढा भन्ने सन्देश छाडेर एक नेपालीले जापानमा आत्महत्या गरेका छन् ।दुई महिनाअघि मात्र जापान आएका गोरखा सतिपिपलका २२ बर्षिय सुरज बस्नेतले सोमबार रेलको लिगमा हाम फालेर आत्महत्या गरेका हुन् ।
रेलबाट हाम फालेर आत्महत्या गरिएको भनिए पनि उनी रेलको लिगबाट लडेर मृत्यु भएको हुनसक्ने समेत अनुमान गरिएको छ ।
तर उनले ’जाँदैछु टाढा-धेरै टाढा याद बोकेर, अब आउँदिन फर्केर ।’ भन्ने स्टाटस लेखेकाले भने आत्महत्या नै भन्ने आशंका गरिएको छ ।
विदेशमा नेपालीहरुको विभिन्न घटना तथा परिस्थितिमा निधन भएपनि सहजै मिडियामा भने आत्महत्या भनिर्दै आएको छ । आत्महत्या नै भएपनि त्यसको कारणहरु खोजेर न्यूनिकरण गर्न सम्बन्धित पक्षले ध्यान दिन आवश्यक रहेको आवाजहरु समेत उठ्न थालेका छन् ।


0 comments
Write Down Your Responses