इजिप्ट सरकारद्धारा तीन पत्रकार गिरफ्तार
पुस १५ । टेलिभिजन च्यानल अल–जजीराका तीन पत्रकार इजिप्टको राजधानी कायोरोमा गिरफ़्तारमा परेका छन् ।इजिप्टको गृह मन्त्रालयले एक वक्तव्य निकालेर
अल जज़ीराका पत्रकारले बिद्रोही पार्टी मुस्लिम ब्रदरहुडका सदस्यहरुसंग गैह्रकानुनी बैठक गरेको भन्दै गिरफ्तार गरिएको जनाएको छ ।
सरकारले अल–जजिराका कायोरो व्युरो प्रमुख मोहम्मद फादेल, बीबीसीका पुर्व संवाददाता पीटर ग्रेस्टे र क्यामराम्यान मोहम्मद फौजी रहेका छन् ।
इजिप्ट सरकारले यसै हप्ता मुस्लिम ब्रदरहुडलाई आतंकवादी संगठनको रुपमा घोषणा गरेको थियो ।


0 comments
Write Down Your Responses