श्रीमतीका कारण अमेरिकी राष्ट्रपति ओबामाले चुरोट त्यागे
असोज ९ । श्रीमती मिसेल ओबामाको डरले अमेरिकी राष्ट्रपति बराक ओबामाले चुरोट त्यागेका छन् ।राष्ट्रसंघको महाधिवेशनबारे एक कार्यक्रममा सहभागी भएका ओबामाले ६ बर्षयता एकपटक पनि चुरोट नपिएको समेत बताए ।
अनौपचारिक सत्रमा एक मित्रसँग कुरा गर्दै उनी मिचेलसँग डराएर चुरोट छाडेको अभिव्यक्ति सिएनएनले खिचेको भिडियोमा देख्न सकिन्छ ।
ती मित्रसँग ओबामाले ६ वर्ष यता आफूले चुरोट नखाएको र आफूलाई श्रीमतीको धेरै डर लाग्ने गरेको बताएका छन् ।
यसअघि ओबामाले संस्करणमा आधारित पुस्तक ‘ड्रिम्स फ्रम माई फादर’ मा भने आफूलाई अत्यधिक चुरोट सेवन गर्ने मानिसका रुपमा उभाएका थिए ।


0 comments
Write Down Your Responses