अत्तरिया महोत्सवमा आज अन्जु पन्तको प्रस्तुती

माघ ६ । अत्तरिया कैलालीको अत्तरियामा जारी अत्तरिया सांस्कृतिक महोत्सवको एघारौँ दिन आज पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आफ्ना बेजोड प्रस्तुतीहरु प्रस्तुत गर्ने भएका छन ।

कार्यक्रममा आज चर्चित गायिका अन्जु पन्तले बेजोड प्रस्तुती प्रस्तुत गर्ने आयोजक न्यू सिर्जनशिल युवा क्लबले जनाएको छ । गायिका अन्जु पन्त संगै महोत्सवमा चर्चित स्थानिय कलाकारहरुले पनि आफ्ना बेजोड, गित, नृत्य, हास्यब्यंग, गजल, कबिता लगायतका प्रस्तुतीहरु प्रस्तुत गर्ने भएका छन् ।

सुपको मौलिक परिवेश हाम्रो गौरव र शान यहि हो अत्तरिया सास्कृतिक महोत्सवको पहिचान भन्ने नाराका साथ जारी महोत्सवमा रमाईलो मेलाका साथै ८० वटा स्टलहरु प्रर्दशनीमा राखिएका छन् । महोत्सवको भोली एक कार्यक्रमका बिच समापन गरिने भएको छ ।

0 comments

Write Down Your Responses