नेपाली युवतीको तस्करी दक्षिण अफ्रिकामा
माघ ६ । अन्तर्राष्ट्रिय मानव तस्करले नेपाली युवतीलाई अफ्रिकी मुलुकमा पनि अबैध रुपमा पुर्याइरहेको पाइएको छ ।

अन्नपूर्ण पोष्टमा छापिएको खबर अनुसार विभिन्न अफ्रिकी मुलुकमा यौनकर्मीका रुपमा नेपाली चेलीलाई मानव तस्करले पुर्याइरहेको जानकारी दक्षिण अफ्रिकास्थित नेपाली दूतावासमा आएको हो । यस्तो काममा लगाउन पाकिस्तानी, भारतीय, नेपाली र अफ्रिकी दलाल सक्रिय छन्।
अफ्रिका पुर्याएर दलालले लाखौँ रुपैयाँसमेत असुल्ने गरेको उजुरी दूतावासमा पर्ने गरेको जानकारी बिदामा काठमाण्डौ आएका दूतावासका उपप्रमुख भरत रेग्मीले दिए। उनले भने,’नेल्सन मन्डेलाको मुलुक, विभिन्न अन्तर्राष्ट्रिय संघसंगठन भएको पर्यटकीय राष्ट्र भएकाले अवसर नै अवसर छ भनेर जनही पाँचदेखि आठ लाख रुपैयाँसम्म दिएर लैजाने गरेका रहेछन्।’
त्यहाँ पुगेका युवतीमध्ये कोही घरेलु कामदारका रुपमा त कोही विभिन्न रेस्टुराँ तथा ठूला बारमा नर्तकी बनेर बसेका छन् ।
0 comments
Write Down Your Responses