पपुवान्युगिनिमा एक नेपालीद्धारा पासो लगाएर आत्महत्या

पुस १२ । पपुवान्युगिनि (पिएनजी) मा एक जना नेपालीले आत्महत्या गरेका छन् ।

प्यासिफिक महासागरको टापुको उक्त देशमा ललितपुर लामाटारका सुजन पाठकले सिलिङ फ्यानमा पासो लगाएर बुधवार आत्महत्या गरेका हुन्।

उनी विमानस्थल नजिकैको एयर वेज होटलमा कार्यरत रहेको बताइएको छ । साँझसम्म पनि ढोका नखुलेपछि ढोका फुटाउदा उनी सिलिङको फेनमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

अस्ट्रेलियाको क्यानवेरा स्थित नेपाली दुतावासले नेपालीले आत्महत्या गरेको घटनाको पुष्टि गरेको छ ।

,

0 comments

Write Down Your Responses