निगमले पेट्रोलियमको मूल्य बढाउने कार्ड फाल्यो

पुस १२ । अन्तर्राष्ट्रिय बजारमा ग्याँस र डिजलको मूल्य बढेपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत दिएको छ ।

निगमले हालसम्मको ऋण मिनाहा र मूल्य समायोजन नगरिए पेट्रोलियम पदार्थको कारोबार गर्न नसक्ने जनाउनुले अब मूल्य वृद्धि गर्न लागेको भन्ने बुझिन आएको हो ।

खाना पकाउने ग्याँस र डिजेलमा अत्याधिक घाटा भएको भन्दै निगमले मुल्य बढाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

आगामी जनवरीमा महिनामा प्रतिसिलिण्डर ग्याँसमा सातसय ५५ र प्रतिलिटर डिजेलमा १० रुपैयाँ घाटा हुने निगमको अनुमान छ ।

निगमले आज राजधानीमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय बजारमा खाना पकाउने ग्यास र डिजेलको भाउ बढ्दै गएको भन्दै मूल्य समायोजन गर्न माग गरेको हो ।

हालसम्म ३३ अर्ब ६६ करोड रुपैयाँ ऋण लागेको र सो ऋण मिनाहा नभए खर्च धान्न मुश्किल हुने निगमले जनाएको छ ।

हाल ग्यासमा प्रति सिलिण्डलर ७ सय ५५ रुपैयाँ र डिजेलमा प्रतिलिटर ११ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

,

0 comments

Write Down Your Responses