विश्वकप छनोट क्रिकेटमा नेपालको दोस्रो जित, केन्या ६ विकेटले पराजित

मंसिर १ । ट्वान्टी ट्वान्टी विश्वकप छनौट अन्तर्गत आज नेपालले दोस्रो जित हासिल गरेको छ ।

यूएइमा चलिरहेको प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको हो ।

केन्याले दिएको १ सय ८३ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको थियो ।

हिजोको खेलमा पनि नेपालले डेनमार्कलाई ५ विकेटले पराजित गरेको थियो ।

0 comments

Write Down Your Responses