एक तिहाइ बालबालिका निमोनिया ग्रसित

जाजरकोट  जिल्लामा पाँच वर्षमुनिका एक तिहाइ बालबालिका निमोनिया पीडित भएको पाइएको छ।

जिल्लाका पाँच वर्Èमुनिका २६ हजार ८०० बालबालिकामध्ये सात हजार ४५५ बालबालिका निमोनियाबाट पीडित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। निमोनिया पीडितमध्ये ४९५ बालबालिकालाई कडा खालको निमोनिया भएको जिल्ला स्वास्थ्य प्रमुख धीरजङ्ग शाहले जानकारी दिए । जिल्लाका २२ हजार ५९२ बालबालिका स्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित रहेको कार्यालयले जनाएको छ।

नेपालमा प्रतिवषर्ष ५४ प्रतिहजार बालबालिकाको ज्यान जाने गरेको छ । यस्तै प्रतिहजारमा ४६ जना शिशुले एक वर्È नपुग्दै ज्यान गुमाउने गरेका छन् । यस्तै २८ दिनमुनिका प्रतिहजार ३३ बालबालिकाको ज्यान जाने गरेको र तीमध्ये अधिकांशले निमोनियाकै कारण ज्यान गुमाएको कार्यालयले जनाएको छ।

विश्वमा बर्सेनि १२ लाख बालबालिका निमोनियाकै कारण ज्यान गुमाउन बाध्य छन् । कुपोषण, स्याहारको अभाव, चिसो आदि कारणले निमोनिया हुने गर्दछ । निमोनियाले बालबालिका र वृद्धवृद्धालाई बढी सताउने गरेको छ । खानपान, स्याहार, चिसोबाट बच्नसके निमोनियाबाट बच्न सकिने चिकित्सक पवन शाक्यले सुझाए । रासस

0 comments

Write Down Your Responses