नेपालको विश्वकप क्रिकेटमा जाने सम्भावना बलियो


मंसिर १० । नेपालको विश्वकप क्रिकेटमा अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी-ट्वान्टी विश्वकपमा सम्भावना बलियो  भएको  छ ।


यूएईमा भएको आईसीसी ट्वान्टी-ट्वान्टीको समूह चरणको  खेलबाट तेस्रो स्थानमा परेपछि नेपाल भाग्यमानी साबित भएको  हो ।

नेपाल र स्कटल्याण्ड समान ८ अंक बटुले पनि नेट रनरेटमा स्कटल्याण्डलाई पछि पार्दै नेपालले तेस्रो  भएपछि  नेपालले  अर्को समूहको दोस्रो स्थानमा रहेको हङ्कङ्ग स भिड्ने  छ । तीन डिजिटमा  नेपाल  र स्कटल्यान्ड समान ०.३७९ भए पनि नेपाल ०.०००१  अग्रता लिएकोले नेपाल तेस्रोमा रहन सफल भएका हो ।

हङ्गकङ्गलाई हराउन सके नेपाल सीधै विश्वकपमा भाग लिने अवसर पाउने छ  यदि  हङ्गकङ्गसंग हार बोहोरको खण्डमा पपुवा न्यूगिनी र नामिबियाबीचको प्लेअफ जित्ने टिमसँग खेल्ने मौका पाउनेछ  ।

0 comments

Write Down Your Responses