नेपाल इतिहास रच्दै टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट

 मंसिर १२ । नेपाल ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । युएईमा भएको खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले नया इतिहास  रचेको छ ।

आजको खेलमा कप्तान पारस खड्काको ३९ बलमा बनाएको सर्वाधिक ४६ रन  बनाएर  रन  आउट भएका थिए ।शरद भेसवाकरको ७ बलमा बनाएको अभिजित १३ रन महत्वपूर्ण बनाए ।

यसैगरी  नेपालका लागि  सुवास खकुरेलले १६,  सागर पुन २२ ज्ञानेन्द्र मल्ल ३०  विनोद भण्डारी ७ र प्रदीप ऐरीले ३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारीत २० ओभरको खेलमा ८ विकेट गुमाउदै १४३ रन बनाएको थियो ।

जित सँगै  नेपाल  ट्वान्टी–ट्वान्टी विश्वकपमा छनौट हुन सफल भएको हो । यो सँगै अब नेपालले २०१४ मा बंगलादेशमा हुने विश्वकप टी-ट्वान्टी खेल्ने भएको छ ।

 विश्वकप ट्वान्टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत निर्णायक खेलमा नेपालले  टस जितेर  फिल्डीङ रोजेपछि हङकङले पहिले व्याटिङ गरेको  थियो ।




,

0 comments

Write Down Your Responses