सार्कस्तरिय शल्य-चिकित्सकको सम्मेलन राजधानीमा जारी


मंसिर १३  ।  सार्क स्तरिय  शल्य चिकित्सकको सम्मेलन प्रथम पटक नेपालमा सुरु  भएको छ ।


 राजधानीमा जारी सम्मेलन मंसिर १५ गते सम्पन्न हुने नेपाल शल्य चिकित्सक समाजका महासचिव प्रा.डा रामेश्वर पाखेरेलले  जानकारी दिएका छन् ।

सम्मेलनका क्रममा  सार्क  राष्टहरुमा शल्य चिकित्सक  क्षेत्रमा विकास र  शल्य चिकित्सासम्बन्धी शिक्षा, आचारसंहिता र यस क्षेत्रमा भएका नवीनतम ज्ञान र प्रविधिबारेमा छलफल भइरेहको छ ।

सम्मेलनमा सार्कका ख्याती प्राप्त वरिष्ठ शल्य चिकित्सक सहित ३०० भन्दा बढि शल्य चिकित्सक  सहभागी छन् ।

0 comments

Write Down Your Responses