हत्या आरोपमा दुबईमा नेपाली महिला पक्राउ
माघ ९ । बालक हत्याको आरोपमा संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली महिला पक्राउ परेकी छिन् ।घरेलु कामदारको रुपमा काम गर्ने नेपाली महिलालाई एघार महिने शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ति नेपाली महिलाको ठेगाना भने खुलाइएको छैन ।
दुबईबाट प्रकाशन हुने ‘सेभेन डेज’ नामको पत्रिका अनुसार नेपालस्थित आफ्नो घरमा आमाको मृत्यु भएकोले अन्त्येष्टि गर्न जान उनले मालिकसँग अनुमति मागेकी थिईन् । तर, बच्चाको बाबुले घर जाने अनुमति नदिएका कारण रिसले छोराको घाँटी थिचेर मारेको बताइएको छ ।


0 comments
Write Down Your Responses