प्रचण्डपुत्र प्रकाश तरकारी खेतीको सोचमा
माघ ११ । एमाओवादीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशको बारेमा आलोचना बढेर गएपछि उनी भने तरकारी खेतीतर्फ लाग्ने सोचमा पुगेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तरकारी खेती गर्ने सोचको खुलासा गरेका हुन् । फेसबुकमा उनले नजानेकाले तरकारी खेती गर्न जान्नेले सिकाईदिन समेत भनेका छन् ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्य रेणु चन्दले प्रकाशको कार्यक्षेत्र परिवर्तन गरी हेडक्वाटरबाट हटाउन माग गरेकी थिइन् । उनको समर्थन गर्दै कृष्ण धिताल र श्रीप्रसाद जवेगुले पनि प्रकाशलाई तह लगाउन माग गरेका थिए ।
अन्य नेताले समेत प्रकाशबारे प्रश्न उठेकाले समाधान गर्न अध्यक्ष दाहाललाई दबाब थपेका थिए ।
अर्काकी श्रीमती समेत रहेकी विद्यार्थी नेतृ बिना मगरलाई भगाएपछि प्रकाश विवादमा तानिएका थिए ।


0 comments
Write Down Your Responses