नेपालले साउदीसँग घरेलु श्रमिकको मात्र सम्झौता नगर्ने
साउदीले १ महिनाअघि नेपाललगायत ६ मुलुकसँग घरेलु कामदारसम्बन्धी सम्झौता गर्ने घोषणा गर्दै पत्राचार गरेको थियो। तर त्यसमा नेपालले घरेलु श्रमिकको विषयमा मात्र सम्झौता नगर्ने भएको नागरिक दैनिकम खबर छ ।
साउदीले घरेलु कामदारसम्बन्धी श्रम सम्झौता गर्न बारम्बार पत्राचार गरेपनि सरकारले घरेलुसहित सबै कामदारको विषयमा सम्झौता गर्न उसलाई आग्रह समेत गरेको छ ।
नेपाल सरकारले सबै प्रकारका कामदारसम्बन्धी सम्झौता गर्न चाहेको रोजगार तथा श्रम मन्त्रालयले जनाएको छ।
साउदीले घरेलु कामदारकोसम्बन्धी पटकपटक सम्झौता गर्न आग्रह गर्दै आएपनि सबै कामदारको विषयमा हुनुपर्छ भनेर रोकिएको मन्त्रालयले जनाएको छ ।



0 comments
Write Down Your Responses