सेक्सका लागि निर्देशकले दबाब दिएको भन्दै नायिका शर्लिन चोपडाद्धारा उजुरी

एजेन्सी
भारतीय नायिका शर्लिन चोपडाले एक निर्देशकले यौन सम्पर्कका लागि दबाब दिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

आफै अभिनित चलचित्र कामसुत्रका निर्देशक रुपेश पलले यौन सम्पर्कको लागि दवाव दिएको भन्दै उनले उजुरी दिएकी हुन् ।

रुपेशले पटकपटक यौन सम्पर्कको लागि प्रस्ताव गरेको र नमानेमा कामसुत्रमा अभिनय गरे बापतको पारिश्रमिक पनि नदिने समेत उनले आरोप लगाएकी छिन् ।

पलले म सँग सेक्स गर्न इच्छा भएको बताए, मैले त्यो असम्भव रहेको बताए प्रहरीमा दिएको उजुरीमा उनले भनेकी छिन्, त्यसपछि उसले मलाई चेतावनी दिँदै मेरो बाँकी पारिश्रमिक रोक्ने र मेरो भूमिकामा अरुलाई नै राख्ने बतायो ।’
आफ्ना नग्न तस्बिरहरु प्रयोग गरेर ब्लु फिल्म बनाएर विश्व बजारमा बेच्ने धम्की दिएको समेत उनको आरोप छ ।

यता, निर्देशक रुपेश पलले भने फिल्ममा शर्लिनको भूमिका नराम्रो भएको भन्दै ५ करोड भारु क्षतिपूर्ति मागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

,

0 comments

Write Down Your Responses