चीनद्धारा चन्द्रमामा अन्तरिक्ष यान सफल अवतरण

चीनले अन्तरिक्ष योजना अनुसार चन्द्रमामा मानवरहित यानको सफलता पूर्वक अवतरण गराएको छ।

यो गत झण्डै चालिस बर्षमा कुनै पनि देशले चन्द्रमामा यान पठाएको पहिलो सफल कार्य हो।

रोबोट वाहनले चन्द्र सतहको अन्वेषण गर्ने  र आगामी तीन महिनासम्म चीनले प्रयोग गर्न सक्ने खनिज र उर्जाका स्रोतहरुको खोज अनुसन्धान गरिरहेने सरकारी संवाद समिति शिन्हवाले जनाएको छ ।

चन्द्रमामा यान  जाने  क्रममा चिनको  सरकारी टेलिभिजनमा प्रसारण गरेको  थियो । दृश्यहरुमा, बेइजींगस्थित चन्द्र अभियान टोलीका वैज्ञानिकहरुले ताली बजाएर खुशी ब्यक्त  गरेका थिए ।

पुथ्वी बाट  अढाई लाख माइल टाढा चन्द्रमामा  चीनको अन्तरिक्ष बाहनले चन्द्रमामा अवतरण गर्दाको क्षण चिनियाँ बैज्ञानिकहरुले खुलीयाली मनाएका थिए । 

,

0 comments

Write Down Your Responses