हङकङमा मान्छेमा फेला पर्यो बर्डफ्लु

मंसिर १८ । हङकङमा एक महिलामा बर्डफ्लु फेला परेको छ । त्यहाँ पहिलो पटक एच सेभेन एन नाईन बर्डफ्लु एक महिलामा देखा परेको हो ।

इण्डोनेशियाबाट फर्किएकी एक महिला कामदार यो रोगबाट संक्रमित भएको र उनको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ती महिला  इण्डोनेशियाको शेन्चेनमा कुखुरा पालन व्यवसायमा संलग्न थिइन् ।

यो वर्ष मात्र एच सेभेन एन नाईनका कारण विश्वमा सय जनाको मृत्यु भैसकेको छ ।

विश्व स्वास्थ्य संगठनले हाल सम्म एन सेभेन एन नाईन भाइरस मानिसबाट मानिसमा सरेको प्रमाण नभेटिएको जनाएको छ ।

तर पंक्षीबाट भने यो भाईरस सरेका प्रमाणहरु फेला पर्दै आएका छन् ।

,

0 comments

Write Down Your Responses