धुम थ्री ले रिलिज हुनु अगाबै ५०० करोड कमायो

बलिउड चर्चित नायक अमिर खानद्धारा अभिनय गरेको चलचित्र धुम थ्री ले  रिलिज हुनु  अगाडी अहिले सम्म बलिउडका सबै रेकर्ड लाई उछिनेको छ ।

चलचित्र  धुम थ्री ले  अहिले सम्म अग्रिम बुकिंग बाट ५००  करोड रुपौया भन्दा बढि आम्दानी गरीसकेको छ ।
धुम थ्री ले रिलिजको एक दिन अगावै अहिले सम्म करिब ८० प्रतिशत टिकट बिक्रि गरेको जनाएको छ ।

धुम थ्री भारतमा ४००० पर्दामा लाग्ने र  बिदेशी ७०० भन्दा पर्दामा एकै पटक प्रर्दशनमा आउने तयारी भइरहेको छ ।
चलचित्र  धुम थ्री मा  सुपर  भारतिय  सुपर स्टार आमिर खान अभिषेक बच्चन, उदय चोपडा, कट्रिना कैफ र जैकी श्राफ मुख्य भूमिकामा छन् ।
आमिर खान यस चलचित्रमा भिलेनको रुपमा देखा परेका छन् । फिल्ममा बलिउडका सबै रेकर्ड तोड्ने अपेक्षा राखिएको छ ।

यसै गरी चलचित्र धुम ३ लाई गोपीकृष्ण इन्टरटेनमेन्टले  ३ करोड २० लाख  तिरेर एन्डभान्सका रुपमा  लिएको छ । यदी यो कारोबार बढेमा प्रतिशतका आधारमा लेनदेन हुने छ ।

धूम ३ नेपालका करिब  सयभन्दा बढी हलमा लाग्ने तयारी भइरहेको गोपीकृष्ण इन्टरटेनमेन्ट जनाएको छ । फिल्म शुक्रबारदेखि विश्वव्यापी रुपमा रिलिज हुँदैछ ।

,

0 comments

Write Down Your Responses