चीनमा कबड बाहिर पिसाब फेर्नेलाई १६ सय नेपाली जरिवाना

भदौँ ५ । चीनको  शैजैन शहरमा सार्वजनिक शौचालयमा फोहर गर्नेलाई यही सेक्टेम्बरबाट नयाँ कानुन लागु हुदैछ ।

कानुन अनुसार कुनै पनि व्यक्तिले पिसाब फेर्दा कबड बाहिर पिसाब फेरेमा जरीवाना तिर्नुपर्ने हुनेछ ।

 कानुन अनुसार सार्वजनिक शौचालय बाहिर पिसाव गर्नेलाई १६ अमेरिकी डलर (१६ सय नेपाली रुपैयाँ) जरिवाना लगाउने तयारी भैरहेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यस्तो निर्णयबारे सामाजिक सञ्जालहरुमा भने आलोचना तथा समर्थन  गर्नेको दोहोरी नै चलेको छ ।

,

0 comments

Write Down Your Responses