साताको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो
पुस २८ । साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेर कारोबार भईरहेको छ ।
महासंघले आइतबारका लागी सुनको भाउ तोलाको ५३ हजार ४ सय रुपैयाँ तोकेको छ । गत शुक्रबार सुन तोलाको ५३ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । गत शुक्रबार चाँदी तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
0 comments
Write Down Your Responses