मलेसियामा नेपाली कामदारको न्यूनतम तलब २७ हजार

पुस १८। मलेसियामा काम गर्न जाने नेपाली कामदारको न्यूनतम् पारिश्रमिक बृद्धि हुने भएको छ ।
नेपाल सरकारले मलेसिया सरकार बिच भएको सम्झौतामा नेपाली श्रमीकले न्यूनतम् पारिश्रमिक उल्लेख नभएका भिसा नलाग्ने भएपछि नेपाली नेपाली श्रमीकको तलब वृद्धि हुने भएको हो ।
सन् २०१४ जनवरी १ गतेदेखि मलेसियामा कामका लागि जाने नेपाली कामदारको न्यूनतम् कमाइ ९ सय रिङगेट अर्थात् नेपाली २७ हजार रुपैयाँ पाउने पक्का भएको छ ।
यस अघि सम्म मलेसिया जाने नेपाली श्रमिकले मलेसियामा न्यूनतम् ६ सय ५० रिंगेट अर्थात् नेपाली १९ हजार रुपैयाँ मात्रै पाउँदै आएका छन् ।
सरकारी तथ्यांकअनुसार अहिले नेपालमा करिब ५ लाख नेपाली कामदार मलेसियामा कार्यरत छन् ।
0 comments
Write Down Your Responses