ए डिभिजन लिगमा थ्रीस्टार विजयी सुरुवात

पुस १८ ।  सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बिहिवार भएको पहिलो खेलमा थ्रीस्टार क्लबले विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबले ब्वाइज युनियन क्लबलाई ३-१ गोल अन्तरले विजयी भएको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा सन्तोष साहुखलले गोल गर्दै थ्रिस्टारले अग्रता लिएको थियो । ५८ औं मिनेटमा थ्रिस्टारका विजय गुरूङ्ले गोल गरे । यसैगरी ८४ औं मिनेटमा जगजित श्रेष्ठले थ्रीस्टारको लागि तेस्रो गोल गरी थ्रिस्टार तिन शुन्यले अगाडी रह्यो ।

खेलको अन्तिम समयमा  ब्वाइज युनियन कमल श्रेष्ठले  ८७ औं मिनेटमा एक गोल गरेपछि  खेल ३-१  मा सकियो ।

0 comments

Write Down Your Responses