युनुस अन्सारी ३५ लाख नक्कली भारुसहित फेरि पक्राउ

माघ ११ । नक्कली भारु कारोबारकै कारण जेलबाट निस्किएका युनुस अन्सारीलाई पुनः प्रहरीले ३५ लाख नक्कली भारुसहित पक्राउ गरेको छ ।

प्रहरीको विशेष ब्यूरोले शनिबार दिउँसो ललितपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । अन्सारीका साथमा अन्य २ जना पनि पक्राउ परेको र उनीहरुलाई  स्पेशल ब्यूरोले अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

यसअघि नक्कली भारु कारोबारको आरोपमा थुनिएका युनुसमाथि सुन्धारास्थित केन्द्रीय कारागारको २०६७ साल फागुन २६ गते गोली प्रहार भएको थियो ।

उनीमाथि गोली प्रहार भएपछि छानबिनका लागि गठित सरकारी टोलिले उनीमाथि गोली हानिनुमा बाह्य देशको हात रहेको प्रतिवेदन बुझाएको थियो । उनलाई ज्यान मार्ने उद्देश्यसहित विजय भनिने भारतीय अपराधी जसजित सिंहले गोली प्रहार गरेका थिए ।

,

0 comments

Write Down Your Responses