फेसबुकमा स्टाटस लेखेर जापानमा नेपाली विद्यार्थीद्धारा आत्महत्या

मंसिर । सामाजिक सञ्जाल फेसबुकमा जाँदैछु धेरै टाढा भन्ने सन्देश छाडेर एक नेपालीले जापानमा आत्महत्या गरेका छन् ।

दुई महिनाअघि मात्र जापान आएका गोरखा सतिपिपलका २२ बर्षिय सुरज बस्नेतले सोमबार रेलको लिगमा हाम फालेर आत्महत्या गरेका हुन् ।

रेलबाट हाम फालेर आत्महत्या गरिएको भनिए पनि उनी रेलको लिगबाट लडेर मृत्यु भएको हुनसक्ने समेत अनुमान गरिएको छ ।

तर उनले ’जाँदैछु टाढा-धेरै टाढा याद बोकेर, अब आउँदिन फर्केर ।’ भन्ने स्टाटस लेखेकाले भने आत्महत्या नै भन्ने आशंका गरिएको छ ।

विदेशमा नेपालीहरुको विभिन्न घटना तथा परिस्थितिमा निधन भएपनि सहजै मिडियामा भने आत्महत्या भनिर्दै आएको छ । आत्महत्या नै भएपनि त्यसको कारणहरु खोजेर न्यूनिकरण गर्न सम्बन्धित पक्षले ध्यान दिन आवश्यक रहेको आवाजहरु समेत उठ्न थालेका छन् ।

0 comments

Write Down Your Responses