विपक्षी नेता मुल्लाहलाई मृत्यूदण्ड


बाङ्लादेशका विपक्षी नेता अब्दुल कादेर मुल्लाहलाई मृत्यूदण्ड दिइएको छ।

उनी सन् १९७१ को ‌बाङ्लादेशको स्वतन्त्रताको लडाईंमा भएको भनिएको मानवता विरूद्ध अपराधमा दोषी पाइएको बताइएको छ ।
यसअघिको फैसलालाई सर्वोच्च अदालतले बिहीबार सदर गरिदिएको बिबिसीले आफनो समाचारमा जनएको छ ।

पहिलेको सो फैसलामाथि पुनर्विचार गर्न मुल्लाहले गरेका अपीललाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको थियो।

सो फैसलाको केही घण्टाभित्रै ६५ वर्षीय मुल्लाहलाई ढाकास्थित केन्द्रीय कारागारमा झुण्ड्याएर मृत्यूदण्ड दिइएको छ।

उनी जमात ए इस्लामी दलका वरिष्ठ नेता हुन् ।

उनी विरूद्धको अदालती कारवाहीको विरोधमा केही समयअघि उनको दलका समर्थकहरूले व्यापक विरोध प्रदर्शन गरेका छन्।

यस वर्ष अदालतले अन्य इस्लामी नेताहरूलाई पनि १९७१ को ‌स्वतन्त्रताको लडाईंमा भएका भनिएका मानवता विरूद्धको अपराध सम्बन्धि मुद्धामा मृत्यूदण्ड सजाय सुनाइसकेको छ।

ती मध्ये मृत्यूदण्ड दिइएको मुल्लाह पहिला विपक्षी नेता हुन्।

जमात ए इस्लामीले उनी विरूद्धको मुद्धा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएको छ।


0 comments

Write Down Your Responses