कतारबाट चार सय नेपाली कामदार स्वदेश फर्काइदै

 मंसिर २६ । बैदेशिक कामदारका लागि कतार गएका चार सय नेपाली श्रमिकलाई जवर्जस्ती स्वदेश फर्काउने लागिएको छ ।

तोकिए भन्दा न्यून पारिश्रमिक दिइएको भन्दै आन्दोलन गरेका  नेपाली कामदारलाई कतार सरकारले फिर्ता पठाउन लागेको छ ।

हडतालमा उत्रिएका कामदार लाई प्रहरीले  प्रक्राउ गरी उनीहरु लाई कतारको न्यू सहेलियास्थित भुरुभूमि नजिक क्याम्पमा राखिएको छ । उनीहरुलाई नेपाल पठाउन तयारी भइरेहको बताइएको छ ।

 घर  पर्काइन लागिएको  नेपाली कामदार एक्सबोल्वोरालो नामक कम्पनीमा ६ महिनादेखि १४ वर्षसम्म काम  गरिरहेका थिए । कामादारको एग्रिमेन्ट अनुसार  तलब सुबिधा नदिएको र  तोकिएको भन्दा धेरै काममा लगाएको  रखानसमेत नदिइएको नेपाली कामदरले बताएका छन् ।

सरकारले तोकेको न्युनतम मासिक तलब ९ सय र खानामा ३ सय गरी १२ सय रियाल हुनुपर्नेमा तवल ४ सय मात्र दिएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको नेपाली कामदारहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses