पुलिसलाई झड्का, मनाङ सेमिफाइनलमा


मंसिर २७ । एनसेल कप फुटबलको सेमिफाइनलमा पुलिसलाई पाखा लगाउँदै डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब प्रवेश गरेको छ ।

मनाङले पुलिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा पुलिसले २९ औं मिनेटमा रविन श्रेष्ठको गोलबाट अग्रता लिए पनि अग्रता कायम राख्न सकेन ।

६८ औं मिनेटमा मनाङका सुजल श्रेष्ठले बराबरी गोल फर्काए भने ८६ औं मिनेटमा योना इलियसले मनाङका लागि गोल गरेका थिए ।

,

0 comments

Write Down Your Responses