प्रहरीको मोष्ट वान्टेड सुचिका एमाओवादी सभासद्लाई सर्वोच्चले डाक्यो

१६ भदौ २०६९ मा महोत्तरीका रामविलास मण्डलको हत्या अभियोग लागेका मण्डल प्रहरीको सुचिमा फरार अभियुक्त हुन । सिंचाई सम्बन्धी सामन्य बिबादमा लालेन्द्र, गणौरा मण्डल, रामपदारथ मण्डल र चन्द्रश्वर मण्डलले रामविलासको हत्या गरेको अभियोगमा महोत्तरी जिल्ला अदालतले बारेष्ट जारि गरेको थियो । १५ माघ २०६९ मा जिल्ला अदालतले वारेष्ट जारि गरेपछि मण्डल फरार रहेका थिए । फरार अवस्थामै एनेकपा माओबादीले सामानुपातिक सभासद् बनाएपछि उनीबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
अधिबक्ता दिनेश त्रिपाठीले हत्या अभियोग लागेका ब्यक्तिलाई सभासद् बनाउन नहुने र उनलाई पक्राउ गरि कानुन कार्वाहीको माग गर्दै ५ माघमा रिट दायर गरेका थिए । रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालले उनलाई उपस्थित हुन आदेश दिएको हो । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले उनलाई पक्राउ गर्नु पर्ने हो या होइन उनको सभासद् पद कायम रहन सक्ने या नसक्ने बिषयमा छलफल गर्न अर्को साता उपस्थित हुन आदेश दिएको छ । त्रिपाठीले हत्या अभियुक्तलाई पक्राउ गर्न र सभासद् पद खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए ।
रामविलासको हत्या गरेपछि उनकी श्रीमति चुनरिया मण्डलले किटानी जाहेर गरेकी थिइन । किटानी जाहेर भएदेखि फरार रहेका मण्डलबिरुद्ध प्रहरीले फरारी मुद्दा दायर गरेको थियो । अदालतले उनलाई उपस्थित हुन वारेन्ट जारि पनि गरेको थियो ।
0 comments
Write Down Your Responses