सरकारद्धारा संसदमा पाँच अध्यादेश पेस

माघ १३ । व्यवस्थापिका संसदको दोस्रो दिनको बैठकमा सरकारले पाँच वटा अध्यादेश पेश गरेको छ ।

आजको बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरेले चार वटा र अर्थमन्त्री शंकरप्रसाद कोइरालाले एउटा अध्यादेश पेश गरेका हुन् ।

गृहमन्त्री घिमिरेले निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६९, संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७०, संविधानसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०७० र संविधानसभा सदस्य निर्वाचन दोस्रो संशोधन अध्यादेश २०७० संसदमा पेश गरेका हुन् ।

त्यस्तै, अर्थमन्त्री कोइरालाले सम्पत्ति सुद्धीकरण निवारण अध्यादेश २०७० पेश गरेका हुन् ।
बिहान ११ बजेका लागि बोलाइएको आजको बैठक करिब आधा घण्टा ढिलो प्रारम्भ भई १० मिनेटका लागि बसेको थियो। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले गरेका छन् ।

 संसदको अर्को बैठक भोलि ११ बजे बस्ने भएको छ ।

,

0 comments

Write Down Your Responses