प्रचण्ड र बाबुरामलाई गोली हानेर मार्ने उनकै कार्यकर्ताद्धारा धम्की

माघ १२ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईलाई गोली हानेर मार्ने पार्टीकै एक कार्यकर्ताद्धारा धम्की आएको छ ।

गोर्खा बारपाकका वाईसीएल धनबहादुर घलेले गोली हानेर हत्या गर्ने धम्कीसहितको एसएमएस दाहाल र भट्टराईलाई आएको हो ।

सहिदको सपना र जनताको भावनामाथि खेलबाड गरेर देशद्रोही बनेको भन्दै उनले एसएमएसबाट यस्तो धम्की शुक्रबार दिएका हुन् ।

देशले कहिल्यै माफ गर्ने छैन उनले एसएमएसमा भनेका एक दिन गोली हान्नेछु । धम्कीसहितको एसएमएस आएपछि दाहाल र भट्टराईले त्यो एसएमएस प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई जानकारी गराइएसँगै प्रहरीले भने घलेलाई पक्राउ गरेको छ ।

एसएमएस पठाएको स्वीकार गर्दै घलेले नेताहरूले बाचा गरेअनुसार काम नगरेकाले रिस उठेर पठाएको बयान दिएका छन् । 

, , ,

0 comments

Write Down Your Responses