भारतमा ६ दिने यौनकर्मी महोत्सव सुरु

एजेन्सी
छिमेकी राष्ट्र भारतको कोलकतामा बुधबारदेखि ६ दिने यौनकर्मी महोत्सव सुरु भएको छ ।

महोत्सवमा भारतका १४ राज्यमा रहेका हजारौ यौनकर्मीको सहभागिता रहने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

देह व्यापारका लागि नाबालिग मानव तस्करी रोक्न तथा यौनकर्मीको अधिकारकार सुरक्षाका लागि महोत्सव आयोजना गरिएको हो ।

भारतको कोलकतामा बुधबारबाट छ दिने यौनकर्मी महोत्सव सुरु भएको छ । यस महोत्सवमा भारतका १४ राज्यमा रहेका हजारौ यौनकर्मीको सहभागिता रहने बताइएको छ ।

देह व्यापारका लागि नाबालिग मानव तस्करी रोक्न तथा यौनकर्मीको अधिकारकार सुरक्षाका लागि महोत्सव आयोजना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिम बंगालमा यौनकर्मीको अधिकारका लागि काम गर्ने दरबार महिला समन्वय समितिले महोत्सवको आयोजना गरेको हो । महोत्सवमा प्रत्येक दिनतीन हजार यौनकर्मी सहभागि रहनेछन् ।

आयोजकले स्थान अभावका कारण एक दिनमा तीन हजार भन्दा बढीलाई सहभागी गराउन नसक्ने जनाएको छ । त्यसका लागि आलोपालो प्रणाली अपनाइने छ ।

महोत्सवमा फिल्म प्रदर्शनी, नाटक तथा नृत्य पनि प्रस्तुत गर्ने तयारी रहेको छ ।

0 comments

Write Down Your Responses