सिंगापुरमाथि शानदार जित सग्गै नेपाल फाइनलमा


मंसिर २१ ।  काठमाडौंमा भइरहको सगरमाथा सिमेन्ट जर्नी टु वर्ल्ड कप प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

नेपालले सिंगापुरलाई २२७ रनको  ठुलो अन्तरले हराउँदै जर्नी टु वर्ल्डकप प्रतियोगिताको फाइनल यात्रामा  पुगेको छ । नेपालले सिंगापुरलाई ३१४ रनको लक्ष्य दिएको थियो ।

त्रिबि खेल मैदान किर्तिपुरमा भएकाको खेलमा नेपालका लागि शरद भेषवाकरले सार्वधीक ४५  बलमा नटआउट रन ९१  रन बनाएका छन् । यस्तै सुवास खकुरेल ७५ ,अनिल मण्डल ५८ ,ज्ञानेन्द्र मल्लले ४८  रन  बनाउन सफल भएका थिए  ।

नेपाल र सिंगापुरबीच अहिले सम्म चार पटक आमने सामने भएका छन् ।जसमा अहिले सम्मका खेलमा नेपाल विजयी भएको छ ।

आजको खेलमा  विजयी नेपाल  भोली फाइनल खेल्नेछन् ।

0 comments

Write Down Your Responses