चीनमा प्रहरी कार्यलयमा आक्रमण गर्ने आठ सशस्त्र चरमपन्थीको मृत्यु

पुस १६  । चीनको पश्चिमी क्षेत्र  शिन्जियाङ प्रान्तमा प्रहरी कार्यलयमा आक्रमण गर्ने आठ  सशस्त्र चरमपन्थीको मृत्यु भएको छ ।

प्रहरी कार्यलयमा आक्रमण गर्ने क्रममा प्रहरीको कारबाहीमा उनीहरुको मृत्यु भएको बिबिसीले जनाएको छ ।

केही दिनअघि पनि  शिन्जियाङ प्रान्तमा प्रहरी चौकीमाआक्रमण गर्ने १६  चरम्पन्थी मारिएका थिए ।

शिन्जियाङ प्रान्त मुस्लिम अल्पसंख्यक समुदाय बिगर बहुलको  बसोबास रहेको क्षेत्र हो ।  यहाँ  प्राय झडप हुने गरेको  बिबिसीले  जनाएको छ

काशगर सहरको प्रहरी कार्यलयमा  चरपन्थीले बम प्रहार गरी आक्रमण सुरु गरेपछि  जवाफी आक्रमणमा  ८ जनाको ज्यान गएको  भने  १ जना पक्राउ परेका छन् ।

0 comments

Write Down Your Responses