तीन एकदिवसीय क्रिकेट श्रृंखलामा दक्षिण अफ्रिकासँग भारत स्तब्ध

मंसिर २४ । भारतलाई पाखा लगाउँदै तीन एकदिवसीय क्रिकेट श्रृंखलामा घरेलु टोली दक्षिण अफ्रिकाले जित हासिल गरेको छ ।

गएराति सम्पन्न दोस्रो एकदिवसीय क्रिकेटमा भारतलाई १ सय ३४ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले श्रृंखला २–० ले आफ्नो पक्षमा पारेको हो ।

अफ्रिकाले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३५ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५८ रनमै समेटिएपछि श्रृंखला दक्षिण अफ्रिकाले कब्जामा लिएको हो ।

0 comments

Write Down Your Responses