जेलबाट रिहा भए लालु

 पुस १ । भारतका पूर्वमन्त्री लालु प्रसाद यादव जेल मुक्त भएका छन् ।

लालुलाई शुक्रवार  भारतको सर्बोच्च अदालतले जमानतमा लागी फौसला गरेपनि त्यस दिन जमानत संम्बधी आदेशलाई  सीबीआइसम्म नपुगेकोले राचीको बिरसा मुन्डा जेलबाट यादव आज जमानतमा रिहा भएका हुन् ।

उनी जेल बाहिर उनका  नेताहरु तथा समर्थकहरु सेन्ट्रल जेल उपस्थित  भएका थिए ।

लालुलाई करिब ६० करोड रुपौया बराबरको चारा निकासीकार्यमा भष्टचारको अभियोगमा जेल चलान गरिएको  थियो ।चारा घोटलामा दोषी देखिएका उनी ७७ दिन राचीको बिरसा मुन्डा जेलमा बिताएर सोमबार रिहा भएका हुन् । 

,

0 comments

Write Down Your Responses