शहिद स्मारक रेडबुल ए डिभिजन लिग सुरु

पुस  १५ । यो वर्षको शहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुदैछ ।

यस पटकप्रतियोगिता १३ टिमको  सहभागि रहने छन् । डिभिजन ए मा १४ टिम भएपनि न्युरोड टिम एनआरटीले आर्थीक अभाब रहेको भन्दै प्रतियोगितामा सहभागी नहुने जनाएपछि यस सिजनमा जम्मा १३ वटा टिम रहनेछन् ।

आजको पहिलो खेलमा मनाङ मस्र्याग्दी क्लव र ब्वाईज युनीयन तथा नेपाल आर्मी क्लव र जावलाखेल युथ क्लव प्रतिपर्धा गर्ने छन् ।

सहभागी १३ टिमबाट पहिलो चरणको लिग सकाएपछि अंकका आधारामा शिर्ष ६ टिम दोस्रो चरणमा प्रबेश पाउने छन् ।

यसपटक  शहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगिताको  विजेताले ७५ लाख पुरस्कार पाउने एन्फाले जनाएको छ । 

,

0 comments

Write Down Your Responses