रसियामा बम बिष्पोट ,२० को मृत्यु ५० घाइते

 पुस १५  ।रसियाको भोल्गोग्राद सहरस्थित एक रेलवे स्टेसनमा भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा २०  जनाको मृत्यु भएको छ । करिब ५० जना गम्भिर घाइते भएका छन् ।

सोमवार ट्रलीबसलाई  निशाना गराइएको बिबिसीले जनाएको छ ।

यस्तै आइतबार पनि  भोल्गोग्राद  स्टेशन आत्मघाती बम  विष्पोटमा १० जना को ज्यान गएको थियो ।

आगामी फेब्रवरीमा २०१४ को शीतकालीन ओलम्पिक खेल हुने कार्यक्रम रहेको यसरी दिनानु दिन  बिष्पोटका घटनाले त्यस क्षेत्रमा शीतकालीन ओलम्पिक बिवादित हुदै गएको  छ ।


रसियाको चरमपन्थी विरोधी संगठनका अनुसार आत्मघाती महिला आक्रमणकारीले गराएको जनाएको छ ।
रसियामा पछिल्ले  समय चरमपन्थी समूहको हिंसात्मक गतिविधिका बढाइरहेका छन् ।

0 comments

Write Down Your Responses