एनसेल कपको फाइनलमा मनाङ


मंसिर ३० । एनसेल कप फुटबलको फाइनलमा मनाङ-मर्स्याङ्दी क्लब प्रवेश गरेको छ ।


सेमिफाइनलमा संकटा क्लवलाई १-० ले हराउँदै मनाङ फाइनल पुगेको हो । दशरथ रंगशालामा आइतबार भएको खेलमा मनाङले गरेको एक मात्रै गोल गरेपनि संकटाले फिर्ता गर्न नसकेपछि हार बेहोर्न परेको थियो ।

यसअघि शनिबार भएको खेलमा टाईब्रेकरमा आर्मीलाई हराउँदै ब्वाईज युनियन फाइनलमा पुगिसकेको  छ ।

एनसेल कपमा ‘ए’ डिभिजनका १२ वटा क्लबको सहभागिता जनाएका थिए ।

0 comments

Write Down Your Responses